बेलायतले निर्माण गरेको कोरोना विरुद्ध खोपको परीक्षण शुरु, खोप बनाउन विश्वभर १२० संस्था क्रियाशिल

बेलायतले निर्माण गरेको कोरोना भाइरसको नयाँ खोपको मानिसमा परीक्षण शुरु गरिएको छ । स्वयंसेवकहरुले कोरोनाको खोप लगाएर यसको परीक्षणको आरम्भ गरेका हुन् । आगामी हप्ता सम्ममा झण्डै ३ सय मानिसमा कोरोनाको नयाँ खोप परीक्षणका लागि मानिसहरुलाई लगाइने जनाइएको छ । बेलायत स्थित इम्पेरियल कलेज लण्डनका प्राध्यापक रोबिन स्याटोकले खोप परीक्षणको नेतृत्व गर्नुभएको छ ।

खोपको जनावरमा परीक्षण गरिँदा सुरक्षित रहेको पाइनुका साथै प्रभावकारी प्रतिरक्षा क्षमता रहेको पाइएको छ । अक्फोर्ड विश्वविद्यालका विज्ञहरुले यस अघि नै खोपको मानवमा परीक्षण शुरु गरिसकेका छन् । यो परीक्षण पनि पनि संसारभर भइरहेका खोप सम्बन्धी अध्ययन र परीक्षण मध्येको एक हो ।

विश्वमा १ सय २० वटा खोप सम्बन्धी कार्यक्रम संचालन भइरहेका छन् । बेलायतले संचालन गरेको खोप परीक्षण पहिलो पटक ३९ वर्षीय क्याथी नाम गरेको महिला स्वयंसेवकमा गरियो । भाइरस विरुद्ध लड्न आफूले पनि केही योगदान गर्ने उद्देश्यले परीक्षणमा सहभागी भएको उनको भनाई छ ।

खोपको विकास नभएसम्म जनजीवन सामान्य अवस्थामा आउन नसक्ने भएकाले तीब्र रुपमा यसमा काम भइरहेको छ । पहिलो चरणमा ३ सय मानिसमा परीक्षण गरेपछि दोस्रो चरणमा आगामी अक्टोबर महिनामा ६ हजारमा मानिसमा खोपको परीक्षण गर्ने तयारी भइरहेको छ । खोप अनुसन्धानमा संलग्न बेलायत स्थित इम्पेरियल कलेजको टोलीले सन् २०२१ को शुरुदेखि बेलायत तथा विश्वभरि खोप वितरण गर्ने लक्ष्य लिएको छ ।(

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्