काठमाडौँ उपत्यकामा ९ जना कोरोना संक्रमित थपिए

काठमाडौं – काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४/४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंमा २ महिला, २ पुरुष, भक्तपुरमा १ महिला, ३ पुरुष र ललितपुरमा १ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्