हेलम्बु गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, स्वास्थ्य, कृषि, पशु र पर्यटन प्राथमिकतामा (पूर्णपाठ सहित)

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले ‘हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण’ भन्ने संकल्पका साथ आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा हेलम्बु ग्रेट ट्रेल, मोडल विद्यालय जस्ता महत्वपूर्ण भौतिक पूर्वाधार, कृषि, सडक, शिक्षा, स्वास्थ्य, रोजगार, उर्जा विकास तथा उद्यमशीलता विकास गर्ने लक्ष्य राखेको छ । हेलम्बु पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र भएकाले सेमिसेदाङ हुदै लाङटाङ जाने पर्यटन मार्ग, हेलम्बु भेम्थाङमा बेस क्याम्प निर्माण गरि त्यस भेगमा स्की ट्रेनिङ सेन्टर बनाउने लगायत महत्वपूर्ण पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष्य समेत गाउँपालिकाले राखेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उपहार खबरलाई जानकारी दिए ।

हेलम्बु गाउँपालिका भित्र बसोबास गर्ने साना किसानहरुले कृषि, पशु, तथा पर्यटन व्यवसायका लागि हेलम्बु गाउँपालिका भित्रका बैंकबाट लिएको ऋणका सम्बन्धमा कोभिड–१९ का कारणले ब्याज तिर्न नसकेका कृषकहरुका लागि ३ महिनाको ब्याज गाउँपालिकाले तिरिदिने अध्यक्ष शेर्पाले बताए ।

गाउँपालिकाले, जनताकाे स्वास्थ्य हाम्रो दायित्व, एक वडा एक खुलकुद मैदान, गाउँपालिका स्तरीय चक्रपथ, एक घर एक कृषि टनेल, कक्षा १० सम्मका विद्यार्थी तथा शिक्षक खाजा कार्यक्रम जस्ता लोकप्रिय कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्