डोटीमा ३४ जना कोरोना संक्रमित निको भए

डोटी – डोटी जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएका १४० जनामध्ये ३४ जनालाई डिस्चार्ज गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीका अनुसार कोरोना सङ्क्रमण पुष्टि भई जिल्लाका विभिन्न स्थानमा तयार पारिएका आइसोलेसनमा बस्दैआएका चार महिला र ३० पुरुष गरी ३४ जनालाई डिस्चार्ज गरिएको छ ।

डिस्चार्ज गरिएकाहरूमध्येमा डोटीको दिपायल सिलगढी नगरपालिका दुई पुरुष, शिखर नगरपालिकाका एक महिला र १७ पुरुष, पुर्वाचौकी गाँउपालिकाका एक महिलासहित पाँच पुरुषलाई डिस्चार्ज गरिएको छ । त्यस्तै बडीकेदार गाँउपालिकाका तीन पुरुष, जोरायल गाँउपालिकाका एक महिला, एक पुरुष र सायल गाँउपालिकाका एक महिला दुई पुरुषलाई डिस्चार्ज गरिएको हो ।

हालसम्म जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा मात्र कोरोना सङ्क्रमित देखिएका छैनन् । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्