चिनियाँ कम्युनिस्ट नेताहरुले सत्तारुढ दल नेकपालाई प्रशिक्षण दिनु आपत्तिजनक : काँग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले चिनियाँ कम्युनिस्ट नेताहरुले सत्तारुढ दललाई प्रशिक्षण दिएकोमा गम्भीर आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद रिजालले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न हुनु ‘अपाच्य’ भएको बताए । विगतमा छिमेकी राष्ट्रसँगको विशिष्ट र कूटनीतिक सम्बन्धमा संवेदनशील हुन नसक्दा दुवै तर्फका नेता र दलहरु आलोचित हुन पुगेको बताए ।

भारत र चीनसँग नेपालको सम्बन्ध विशिष्ट रहेको भन्दै उने भने, ‘कूटनीतिक सम्बन्धको संवेदनशीलता र जनताहरुबीचको सौहार्दताको सीमा परवाह नगरेकाले दक्षिणको छिमेक र नेपाल दुवैतिरका दल र नेताहरु विगतमा आलोचित रहे ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्