कर्णालीमा कोरोना जित्नेको संख्या बढ्यो, ५३१ जना निको भएर घर फर्किए

काठमाडौं – कर्णाली प्रदेशमा कोरोना जितेर घर फर्किनेको संख्या बढेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले कर्णाली प्रदेशमा आजसम्म ५३१ जना कोरोना जितेर घर फर्केको जानकारी दिए ।

उनका अनुसार आज प्रदेश अस्पताल सुर्खेतबाट ३ जना, सल्यान बहुमुखी क्याम्पस आइसोलेशन सेन्टर सल्यानबाट ३ जना, नौमुले आइसोलेशन सेन्टर दैलेखबाट ७ जना र जाजरकोट अस्पताल जाजरकोटबाट १ जना गरि कुल १४ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ५३१ पुगेको हो ।

क्वारेन्टिन र आइसोलेशनमा २५ दिन पुगेका र दुई पटकसम्म पिसिआर गरिसकेका नागरिकलाई कुनै पनि लक्षण नदेखिएपछि डाक्टरकै सल्लाहमा घर पठाउने गरिएको छ । कर्णालीमा आइतबारसम्म कोरोना संक्रमितको संख्या १ हजार २ सय ५६ जना पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्