कोरोनाबाट थप एक जनाको मृत्यु, जम्मा संख्या २३ पुग्यो

सांकेतिक तस्बिर

काठमाडौं – नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गुल्मीमा एकजनाको कोरोनाबाट मृत्यु भएको बताए ।
असार ५ गते मृत्यु भएका गुल्मी छत्राकोट ५ का ६९ वर्षीया पुरुष हुन् । लकडाउनकै समयमा उपचारका लागि भारत गएका ती पुरुष प्यारालाइसिसका विरामी थिए । असार ५ गते नमुना संकलन गरी प्रदेश प्रयोगशालामा भैरहवामा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्