सांसद तामाङद्वारा रणनीतिक सडक प्रस्ताव

सुशील सुवेदी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्ला संघीय निर्बाचन क्षेत्र नं २ का सांसद एवम‍् पुर्ब कानुन मन्त्री शेर बहादुर तामाङले आफ्नो निर्वाचन क्षेत्रको “रणनैतिक सडक” छनौट गरेका छन् । जस अनुसार उक्त सडक भदौरेबाट सुरु भइ सिन्धु धुसिनी, कटुन्जे, मेलम्ची, नवलपुर, चौतारा हुँदै निर्वाचन क्षेत्र नम्बर १ को नौबिसे पुगेर टुंगिने तामाङका स्वकीय सचिव निर्मल बन्जाराले जानकारी दिए ।

स्मरण रहोस, देश भरिका १६५ निर्वाचन क्षेत्रका संघीय सांसदद्वारा छनौट गरिएका प्रत्येक रणनैतिक सडकहरुका लागि आ.ब.२०७७/७८ मा रु.२ करोडका दरले रकम बिनियोजित गरिएको छ । त्यसै गरि सहायक राजमार्ग अन्तर्गत सांखु देखि फट्केस्वर हुँदै बाहुनिपाटी सम्मको लागि आगामी बर्षका लागि रु.२० करोड बिनियोजन गरिएको छ । पुर्व प्रधानमन्त्री माधब कुमार नेपालको नेतृत्वमा शेर बहादुर तामाङ, मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल, संखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठ लगायतका अन्य सरोकारवालाहरुको निरन्तर पहलका कारण रकम बिनियोजन गर्न सम्भब भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्