७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव संविधानको मर्म विपरित : महतो

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव संविधानको मर्म विपरीत भएको बताएका छन् ।

संसदको राज्य व्यवस्था समितिले नागरिक विधेयकमा विदेशी महिलालाई ७ वर्षसम्म अंगीकृत नागरिकता नदिने र त्यसबेलासम्म आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न स्थायी आवासीय अनुमति पत्र प्रदान गर्ने व्यवस्था राख्ने प्रस्ताव गरेको छ ।

समितिको आइतबारको बैठकमा राजपा सांसद महतोले यसको विरोध गरेका छन् । ‘अंगीकृत नागरिकका सन्दर्भमा जे बन्देज लगाउनु थियो, संविधानमा लगाइसकेको छ’ उनले भने, ‘अहिले फेरि ७ वर्षको प्रस्ताव किन ?’

किन प्रस्ताव आयो बुझ्न नसकेको भन्दै महतोले भने, हामीले कहाँ प्रहार गर्न खोजेको हो ? जनताको भावनामा ठेस पुग्ने कानुन बनाएर के सन्देश दिन खोजिएको हो ?’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्