काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, कुकुर पाल्न अनुमति अनिवार्य

काठमाडौं – अब काठमाडौं महानगरपालिकाभित्र कुकुर पाल्नको लागि काठमाडौं महानगरको अनुमति चाहिने भएको छ । बिहबिार राष्ट्रिय सभा गृहमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्ष २०७७/७८ को  नीति तथा कार्यक्रममा कुकुर पाल्नको लागि काठमाडौं महानगरको अनुमति अनिवार्य गर्ने उल्लेख छ ।

छाडा पशुबाट सडक दुर्घटना हुने तथा रोगव्याधि फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गरी यस्ता पशुहरुको ब्यबस्थापन ‘बहुउद्देश्यीय परियोजना’मार्फत् गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

घरपालुवा तथा छाडा पशुमा हुने रेबिज रोगको उन्मूलन गर्न ‘बृहद भेक्सिनेसन’ कार्यक्रम ल्याइने शाक्यले बताएका छन् । घरपालुवा जनावरहरुको स्वास्थ्य जाँच सेवाका लागि उपचार केन्द्रको ब्यबस्था गरिने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्