डडेल्धुरामा आरडीटी नेगेटिभ आएका ४६ जनामा कोरोना पुष्टि, सबै घर गएका थिए

काठमाडौं – डडेलधुरामा बिहीबार ८४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ४६ जना ¥यापिड डायग्नोस्टिक टेस्ट (आडीटी) नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गइसकेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नियमित प्रेस ब्रिफिङमा डडेलधुरामा ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी गराइएको थियो । तर डडेलधुराका कोभिड–१९ का फोकल पर्सन हरि भट्टका अनुसार बिहीबार बिहान १० बजेसम्म जिल्लामा ८३ जनामा मात्रै संक्रमण पुष्टि भएको तथ्यांक हामीले पाएकाे र थप एक जनाबारे अहिलेसम्म  जानकारी पाएको छैन ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठका अनुसार संक्रमित हुनेमा गन्यापधुरा गाउँपालिकाका तीन महिलासहित ५८, परशुराम नगरपालिकाका तीन महिलासहित २१ र अजयमेरु गाउँपालिकाका ४ जना पुरुष छन् ।

तर परशुराम र गन्यापधुरा नगरपालिकामा संक्रमित यसअघि घर गएको पाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्