देशलाइ परेका बेला सबै नेपाली एक ठाउँमा हुन्छन् भन्ने प्रमाणित : प्रम ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले तीन तहको सरकारले कोरोना रोकथाममा निकै सक्रिय भएर काम गरिरहेको बताएका छन् । जनप्रतिनिधीहरूले आफूले सकेको हिसाबले काम गरिरहेको प्रधानमन्त्री ओलीले बताए । उनले आफूमात्रै ठिक अरु सबै भष्ट्र भनेर भन्नु नमिल्ने बताए ।

राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले भने, ‘जनप्रतिनिधि काममा लागेका छन्, त्यता कसैको पनि ध्यान छैन, गरेको कामको प्रशंसा छैन । तर दैनिक हिसाबकिताब चाहियो भनेर हल्ला भइरहेको छ ।’ उनले नेपाली जनताको रोग प्रतिरोधी क्षमता बढिरहेको बताए । हाम्रो प्रतिरोधी क्षमता र प्रभावकारी उपचार विधिका कारण नेपालमा कोरोना भाइरसबाट धेरै मानिसको मृत्यु नभएको दाबी गरे ।

देशलाइ परेका बेला सबै नेपाली एक ठाउँमा हुन्छन् भन्ने प्रमाणित भएको बताउँदै राष्ट्रियसभाले सर्वसम्मत संविधान संशोधन पारित गरेकोमा प्रधानमन्त्री ओलीले धन्यवाद पनि दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्