भारतले दार्जिलिङदेखि काँकडा सम्मको भू–भाग नेपाललाई फिर्ता गर्नुपर्छ : दिनानाथ शर्मा

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले अंग्रेज साम्राज्यले लुटेको नेपालको दार्जिलिङ, काँगडासम्मको भूभाग भारतले नेपाललाई फिर्ता दिनुपर्ने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभाको नेता शर्माले भारत साँच्चै असल मित्र भए अंग्रेज सम्राज्यले लुटेको नेपाली भूभाग नेपाललाई नासोका रुपमा फिर्ता गर्नुपर्ने बताएका हुन् । राष्ट्रिय सभाको बैठकमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ नक्सालाई संवैधानिक मान्यता दिन सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको दफावार छलफल सुरु भएको छ ।

नेता शर्माले भनेका छन्, ‘चेलीबेटीको नाता हो, डोलीबेटीको नाता हो भनेर भारतका नेताहरू भन्नुहुन्छ । यदि त्यसो हो भने सगौरव दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ र काँकडासम्मको भूभाग फिर्ता गरिदिनुपर्छ । यो तपाईंहरुको नासो हो, यो नासो बुझ्नुस् भनेर भन्नुपर्छ ।’

नेता शर्माले तत्काल कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता लैजान भारतसँग माग गरे । यो नेपालीहरूको चाहना भएको समेत उनले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्