बैतडीमा एकै दिन २५ जनामा कोरोना संक्रमण, संक्रमित अधिकांश घर गइसकेका थिए

बैतडी – विहीबार बैतडीमा एकैदिन थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आईतबार पुष्टि भएका २१ समेत गरि बैतडीमा कोरोना सङ्क्रमित हुनेको संख्या ५२ पुगेको छ ।

दशरथ चन्द नगरपालिकामा १० जना, सिगास गाउँपालिकामा ६ जना, पञ्चेश्वर गाउँपालिकामा ४ जना, सुर्नया गाउँपालिकामा ३ जना र पाटन नगरपालिकामा २ जना गरि २५ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना पुष्टि हुने सबै भारतका विभिन्न सहरबाट आएका हुन् । पुष्टि हुने अधिकाशं सङ्क्रमित १४ दिन क्वारेन्टाएन बसेर घर गईसकेका छन् । घर गएपछि कोरोना पुष्टि भएको तर, लक्षण नदेखिएको खण्डमा होम आईसोलेसनमा बसाल्न स्थानीय तहलाई आग्रह गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

बैतडीबाट धनगढी पठाएका अझैं ४०० सय भन्दा बढीको पीसीआर परीक्षण रिपोट आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्