एमसीसी लगायतका विषयमा छलफल गर्न नेकपाले बोलायो स्थायी कमिटि बैठक

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १० गते बस्ने भएको छ । बुधबार बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्माओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्तामा सो सहमति भएको हो ।

बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज(एमसीसी), सरकारको कामको समीक्षा लगायतका विषयमा छलफल हुने नेकपा स्रोतले बतायो । नेकपाभित्र एमसिसी परियोजना पेचिलो बन्दै गएको छ । एमसिसी परियोजनाबारे अध्ययन गर्न गठित वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले परिमार्जन नगरी एमसिसी पारित गर्न नुहने सुझाव दिएको थियो ।

यसअघि वैशाख २५ र ३१ गते बस्नका लागि तय भएको वैठक स्थगित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्