कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष शिल, ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टिनमा

सुर्खेत – कर्णाली प्रदेश अस्पतालको आकस्मिक (इमरजेन्सी) कक्ष सिल गरिएको छ ।
आकस्मिक (इमरजेन्सी) कक्षमा उपचार गराइरहेका तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको हो । यस्तै ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टिनमा बसेको छ ।

जेठ ३१ मा सुर्खेतका एक जना र जेठ ३२ मा दैलेखका दुई जना बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । आकस्मिक कक्षमा भर्ना भएका सबै बिरामीको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दै आएकोमा बुधवार उनीहरु तीनै जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

तीनै जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको नियमित परीक्षण र रेखदेखमा खटिएका स्टाफ नर्स र एचएसहित ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टिन बस्नु परेको प्रदेश अस्पतालका निर्देशक डा. डमर खड्काले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्