सिरहा [भगवानपुर] को सीमावर्ती क्षेत्रमा कार्यकर्ता भेटेर फर्किइन् सरिता गिरी

काठमाडौं – सरकारले जारी गरेको नयाँ नक्साको विपक्षमा रहेकी समाजवादी पार्टीकी सरिता गिरी कार्यकर्ता भेटघाटका लागि गृहजिल्ला सिरहा पुगेकी छिन् । संविधान संशोधनका लागि जेठ ३१ गते प्रतिनिसिभामा भएको मतदान बहिष्कार गरी त्यसको भोलीपल्ट सिरहा गएकी सांसद गिरी आज आफ्ना कार्यकर्ता भेट्नका लागि ठाडी भगवानपुरको सीमावर्ती क्षेत्र पुगेकी थिइन् ।

तर उनी अहिले नयाँ नक्सा र सीमाका विषयमा विवादित भएको हुनाले सुरक्षाको कारण देखाउँदै सुरक्षाकर्मीले उनलाई सीमा क्षेत्रबाट फर्काइएको बुझिएको छ । सिरहाका डिएसपी सरद थापाकाअनुसार उनी भारत जान लागेकी होइनन्, आफ्ना कार्यकर्ता भेट्न सीमावर्ती क्षेत्रमा गएकी थिइन् र भेटघाट गरी आफैं फर्केकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्