कर्णालीमा थप नौ जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या एक हजार ८६ पुगेको छ

सुर्खेत- मङ्गलबार कर्णालीमा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप भएसँगै कर्णालीमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार ८६ पुगेको छ ।

मङ्गलबार थप भएका नौ जनामा दैलेखका पाँच र सुर्खेतका चार रहेका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा नौ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सङ्क्रमितहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिनुभयो ।

मन्त्रालयको तथ्याङ्क अनुसार दैलेखमा सङ्क्रमितको सङ्ख्या ६३४ पुगेको छ भने सुर्खेतमा २३५ पुगेको छ । यस्तै, सल्यानमा १३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एकरएक जना सङ्क्रमित फेला परेका छन् । रुकुमपश्चिममा अहिलेसम्म सङ्क्रमित फेला परेका छैन । कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्