कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भई घर फर्कनेको सङ्ख्या ३४२ पुग्याे

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भई घर फर्कनेको सङ्ख्या ३४२ पुगेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत दुल्लु अस्पताल, सल्यान अस्पतालबाट गरी हालसम्म ३४२ जना सङ्क्रमितहरू निको भई घर फर्किएका हुन् ।
मङ्गलबार मात्रै दैलेखको जिल्ला अस्पतालबाट १२० जना, दुल्लु अस्पतालबाट २७ जना र सल्यान अस्पतालबाट ४१ जना र सुर्खेतस्थित प्रदेश अस्पतालबाट तीन गरी कुल १९१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

यसै गरी, मङ्गलबार कर्णालीमा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप भएसँगै कर्णालीमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार ८६ पुगेको छ । कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्