आरडीटी परीक्षण गरेर घर पठाइएका धादिङका २४ जनामा कोरोना संक्रमण

काठमाडौं – धादिङका २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरुलाई नीलकण्ठ नगरपालिकाले ¥यापिड डायग्नोस्टिक किट (आडीटी) गरेर घर पठाएको थियो । उनीहरु भारतबाट फर्किएर १४ दिन क्वारेन्टिनमा बसेका थिए । त्यतिबेला पीसीआर टेस्टका लागि किटको अभाव भएर आरडीटी गरि घर पठाइएको नगरप्रमुख भीम ढुंगानाले जानकारी दिए । तर घर गएको केही दिनपछि उनीहरुको स्वाब संकलन गरेर पीसीआर टेस्ट गर्दा २४ जनामा संक्रमण पुष्टि भएको नगरप्रमुख ढुंगानाको भनाई छ ।

यसरी संक्रमण पुष्टि हुनेमा वडा नं ७ र १४ धुवाँकोटका ७÷७ जना, वडा नं १ का ६ जना र वडा नं ४ का १ जना छन् ।

अब संक्रमितको परिवारका सबै सदस्यको पीसीआर टेस्ट गरिने उनले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्