उद्धार फ्लाइटको भाडा पुनः घट्यो, कुन ठाउँको कति ? (सूचीसहित)

FILE PHOTO

काठमाडौं – सरकारले विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घटाएको छ ।

चार्टर फ्लाइटको भाडा महँगो भएको भन्दै आलोचना भएपछि सरकारले शुक्रबार केही भाडा घटाएको थियो । त्यसको २४ घण्टामा फेरि भाडा घटाएको छ । यसपटक भने प्रमुख श्रम गन्तव्यहरूको मात्रै उडान भाडा घटाइएको छ । दुई पटक गरेर सरकारले करिब ३० प्रतिशत भाडा घटाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आजै मन्त्रालयमा छलफल गरी हालको प्रस्तावित हवाई भाडादरमा पुनरवलोकन गर्न निगम र हिमालयन एयरलाइन्सलाई अनुरोध गरेका थिए । सय डलर नबढ्ने गरी २० प्रतिशतसम्म भाडा घटाउन नेपाल एयरलाइन्स सहमत भएको छ भने हिमालयनले गृहकार्य गरेर जवाफ दिने बताउको छ ।

नयाँ भाडादरअनुसार अब मलेसियाको भाडा ४६५ डलरबाट ३७२ डलर कायम भएको छ । त्यसैगरी दुबईबाट नेपाल फर्किँदा ३६० डलर टिकट खर्च लाग्नेछ । यसअघि यस्तो खर्च ४५० डलर थियो । दोहाबाट आउँदा आउन ३९२ डलर कायम भएको छ । यसअघि ४९० डलर कायम गरिएको थियो । साउदीको दमामको भाडा ५३० बाट ४३०, ५६५ बाट ४६५ र जेद्दाको ६९० बाट ५९० डलरमा झारिएको छ ।

बहराइनबाट नेपाल फर्किन ४९० डलर तोकिएको अब फर्किने यात्रुले ३९२ डलरमा नेपाल एयरलाइन्सको टिकट पाउने छन् । ओमानको भाडा ४६० बाट ३६८ मा झारिएको छ । कुवेतको भाडा ५१० डलरबाट ४१० मा झार्ने सहमति भएको छ । जोर्डनको भाडा ७७५बाट ६७५ र साइप्रसको भाडा ८३० बाट ७३० डलर तोकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्