मेलम्ची खानेपानी अनिश्चित बन्दैः आयोजना बिरुद्ध स्थानीय सप्लायर्सको आन्दोलन तयारी

सुशील सुवेदी
सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानीको माग गर्दै स्थानीय सप्लायर्सहरूले आयोजनाविरुद्ध पुनः आन्दोलनको तयारी गरेका छ्न् । असार १ गतेबाट विभिन्न रणनीतिसहित आन्दोलनलाई अगाडि बढाउने आयोजना पीडित स्थानीय सप्लायर्स उत्तर कुमार श्रेष्ठले जानकारी दिए ।

आयोजनाबाट पीडित मजदुर तथा सप्लायर्सहरुको समस्या समाधानको लागि २०७६ अषाढ २५ गते खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा सभामुख अग्नि प्रसाद सापकोटा, पुर्व कानुन मन्त्री एवंम सिन्धुपाल्चोक प्रतिनिधी सभा २ का सांसद शेर बहादुर तामाङ, मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रामप्रसाद अर्याल, सचिब दिपेन्द्र नाथ शर्मा को उपस्थीतिमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा प्राबिधिक कार्यदल समेत गठन भएको थियो । गठित कार्यदलले समस्या समाधानको लागि ठोस काम गर्न नसकेको संयोजक तामाङले जानकारी दिए ।

आयोजना बिरुद्ध मजदुर तथा सप्लायर्सहरुको गत भदौमा एक साता लामो आन्दोलन पछि भएको सहमति पछि पनि समस्या समाधानको लागि सम्बन्धित निकायले चासो नदेखाएपछि असन्तुष्ट स्थानीय भेन्डर तथा सप्लायर्सले पुनः आयोजनाविरुद्ध कडा आन्दोलनको तयारी गरिएको स्थानीय सप्लायर्सहरूले बताएका छन्

१७ महिना भन्दा बढि समय कुर्दा पनि आयोजनाले पीडिहरुको समस्या समाधानको लागि वेवास्था गरेपछि स्थानीय भेन्डर तथा सप्लायर्सहरुले २०७६ चैत्र १३ गतेदेखि नै आन्दोलन गर्ने कार्यक्रम तय गरेका थिए । तर देशमा जारी लकडाउनका कारण संयमित बनेको बताउने सप्लायर्सहरुले लकडाउनको मौका पारी आयोजना सम्पन्न गर्ने र पीडिहरुको मागलाई लत्याउदै खानेपानी काठमाण्डौ लैजाने नियत राखेपछि जुनसुकै अबस्थामा पनि असार १ गते बाट आन्दोलनमा उत्रिने स्थानीय सप्लायर्स श्रेष्ठको भनाइ छ । आयोजनाले स्थानीय सप्लायर्सहरुको साढे सत्र करोड भन्दा बढि रकम भुक्तानी दिन बाकीं रहेको पीडित सप्लायर्सहरुले बताउदै आएका छन्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्