संकटमा सहयोग गर्ने हातहरु हजारौं गुणा महान हुन्छन् : अध्यक्ष महरा

मुकेशप्रसाद जाेेेशी

कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका-८ मा क्वारेन्टाइन व्यवस्थापनमा आर्थिक तथा अन्य खाद्यान्न देखि लिएर भाैतिक पक्षबाट सहयाेग हुँदै आईरहेकाे छ ।
यस्तै सहयाेगका क्रममा शनिवार अमृत डिस्टिलरी प्रा. लि. का म्यानेजर तथा वडा नं. ८ फुलेलीका स्थानीय राजेश जाेशी तथा उनका बुवा समाजसेवी बलदेव जाेशीले संयुक्त रूपमा नगद रू १०,०००।- दस हजारका साथै अन्य खाद्यान्न सामग्री वडा अध्यक्ष बहादुर सिँह महरालाई हस्तान्तरण गर्नुभएको हाे ।
सहयाेग ग्रहण गर्दै वडाध्यक्ष महराले सहयाेगी हातहरूले आफुलाई थप हाैसला प्राप्त भएकाले क्वारेन्टाइनमा बस्ने वडावासीहरूलाई सकेसम्म सहज वातावरणमा खाने बस्ने व्यवस्था गर्ने प्रतिवद्धता गर्नुभयो ।
उहाँले भन्नुभयो “भाषण र अर्काकाे बिरुद्ध षड्यन्त्र रच्ने हातमुख भन्दा संकटमा सहयोग गर्ने हातहरु हजारौं गुणा महान हुन्छन् ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्