संविधान संशोधन विधेयकको पक्षमा मत दिन समाजवादी पार्टीको ह्वीप, संसदमै निर्णय सुनाउने सरिता गिरीको अडान

काठमाडौं – समाजवादी पार्टीले नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्नेे संविधान संशोधन विधेयकको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

संसदीय दलको शनिबार बसेको बैठकले सांसद सरिता गिरीलाई संशोधन फिर्ता लिन निर्देशन समेत दिएको छ । तर गिरी भने यसबारे सोचेर संसदमा जानकारी दिने बताएको एक सांसदले बताए । त्यसलगतै उनी बैठकबाट बाहिरिएकी छन् ।

बैठकले संशोधन विधेयकको पक्षमा मतदान गर्न सांसदहरुलाई हृवीप जारी गरेको सांसद प्रदीप यादवले जानकारी दिए । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ । यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन हालेकी छन् ।

पार्टीले संशोधन फिर्ता लिन निर्देशन दिएपछि उनले फिर्ता लिएकी छैनन् । यद्यपि शनिबार विधयेक निर्णायार्थ पेश गर्नुअघि फिर्ता दिने समय बाँकी नै रहेकोछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्