क्वारेन्टाइन व्यवस्थापनमा नगरपालिकाले गरेको अनियमितताबारे एक हुन अनेरास्ववियुको आह्वान

गणेशसिँह धामी

दार्चुला – शैल्यशिखर नगरपालिकाको अनियमितताबारे सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आह्वान गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै अनेरास्ववियुले सो आह्वान गरेको हो । शैल्य शिखर नगर प्रमुख अमरसिँह धामीले जनताको सूचना पाउने अधिकार माथि हस्तक्षेप गरेको अनेरास्ववियुको ठहर छ । नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा आर्थिक अनियमिता गरेको र सो को सूचना माग्दा नगर प्रमुखले खण्डनपत्र जारी गरी धम्कीपूर्ण भाषा प्रयोग गरि नगरवासीको मनोभावनामा चोट पुग्ने शब्दहरु प्रयोग गरेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको छ । अनेरास्ववियुका केन्द्रीय सदस्य भुवन भण्डारी, दार्चुलाका सहसंयोजक राजेन्द्र डागा, राजेश विष्टले हस्ताक्षर गरेको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्