नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष माथि भएको दुर्व्यवहारको महासंघद्वारा भर्त्सना

दिपक वली
दाङ – नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनमाथि भएको दुर्व्यवहारप्रतिको भर्त्सना गरिएको छ । घोराही–१४ शहिद लखनपार्क नजिक अध्यक्ष प्रियासनमाथि तीन जना युवाले अराजकतापूर्ण तरिकाले दुव्र्यवहार गरेकोप्रति महासंघ दाङ शाखाले भ्रत्सना गरेको हो । स्थानीयले टिप्पर रोकेको सन्दर्भमा पत्रकार सम्मेलन भएकाले आइदिन आग्रह गरेपछि अध्यक्ष प्रियासन आफ्नो जिम्मेवारीलाई मध्यनजर गर्दै सो स्थानमा पुगेका थिए ।

सचिव भूपेन्द्रप्रकाश वलीद्वारा जारी विज्ञप्तीमा स्थानीयसँग सौहार्दपूर्ण तवरले छलफल चलिरहेको सन्दर्भमा स्थानीय युवाले अध्यक्षको मोटरसाइकलको चाबी खोसेर हातपात समेत गरेको उल्लेख गरिएको छ । उनिहरुले अध्यक्ष तथा सम्पूर्ण सञ्चारजगतको चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा विभिन्न भिडियो राखेर सम्पूर्ण सञ्चारकर्मीको नै चरित्रहत्या गर्ने प्रयास गरेको विज्ञप्तीमा लेखिएको छ । विज्ञप्तीमा दोषिलाई कानूनको कठघरामा ल्याउन माग गर्दै आगामी दिनमा प्रेस स्वतन्त्रता विरोधी यस्ता अराजक गतिविधि नगर्न सचेत गराइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्