कर्णालीमा ५५ जना कोरोना संक्रमित थपिए, कुल संख्या ७६३, कुन जिल्लामा कति ?

सुर्खेत – कर्णालीमा बिहीबार थप ५५ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाडौंका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा बिहीबारसम्म संक्रमितको संख्या ७६३ पुगेको छ ।
कर्णालीका संक्रमित मध्ये ३ जनाको मृत्यु भएको छ भने ६० जना निको भएर घर फर्किसकेका छन् । बिहीबार मात्रै कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका ३१ जना निको भएर डिस्चार्ज भएका छन् । कर्णालीमा बिहीबारसम्म संक्रमितको संख्या ७६३ पुगेको छ । हालसम्म सबैभन्दा धेरै दैलेखका ४३४ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमितको संख्या सल्यानमा १३७, सुर्खेतमा ११२, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २, डोल्पा र हुम्लामा एक÷एक रहेको छ । प्रदेशका १० जिल्लामध्ये रुकुम पश्चिममा भने हालसम्म कोरोना संक्रमण देखिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्