विद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालय मर्ज गरिदै

सुशील सुवेदी
सिन्धुपाल्चोक – स्थानीय सरकारले विद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालय मर्ज गर्ने अभियान थालेका छन् । अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीहरूको संख्या घट्दै गएको छ भने केही विद्यालयमा भने विद्यार्थीको तुलनामा शिक्षक दरबन्दी कम छ । विद्यालयहरूमा विद्यार्थी संख्या न्यून भएपछि विद्यालय मर्जको अभियान सुरु गरेका हुन् ।

लामो समयदेखि चल्दै आएको भएपनि विद्यार्थी संख्या अति न्यून रहेका सामुदायिक विद्यालयहरूलाई नगरपालिका तथा गाउँपालिकाहरूले शिक्षा कार्यविधि बनाएर मर्जको प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन् । यस्तै मेलम्ची नगरपालिकाले विद्यालयहरु मर्ज तथा घटुवा गरेको छ । शिक्षा शाखाका प्रमुख रविप्रसाद शर्माका अनुसार सिद्धिगणेश आ।विमा रहेको ईसिडि देखि ३ सम्मलाई सेतिकादेवि मा।विमा समायोजन गरिएको छ ।

त्यस्तै जलेश्वरी आ।विको १ देखि ५ मध्य ४ र ५ लाई सरस्वति मा।विमा ,मनकामना आ।विको ईसिडि देखि ३ सम्मलाई जाल्पादेवि मा।विमा, कालिकादेवि आ।विमा रहेको ईसिडि देखि ८ मध्य ६र ८लाई हैबुङमहादेबस्थानमा , महादेवस्थान आ।विको १ र ३लाई कालिकादेवि आ।वि भिमसेनस्थानमा, पंचकन्या आ।विमा रहेको ईसिडि देखि ८ मध्य ६ र ८ लाई तेर्से मा।विमा, ज्योतिभन्ज्याङ आ।विको ईसिडि देखि ८ मध्य ६ र ८ लाई श्रि बाल सुधार मा।विमा, तिनकन्या आ।विको १ देखि ३ लाई गोल्मेश्वरी आधारभुत विद्यालयमा , रक्तकालिको ईसिडि देखि ५ लाई गोल्मेश्वरी आ.वि.मा समायोजन गरिएको छ ।

त्यस्तै खडिकादेवि आ।विको ईसिडि देखि ३ लाई शीतलादेवि मा।विमा , हिरादेवि आ।विको ईसिडि देखि ८ मध्य ६ र ८ लाई शीतलादेवि मा।विमा , क्षेत्रपालेश्वरी आ।विमा रहेको ईसिडि देखि ५ मध्य ४ र ५ लाई भुमेस्थान आ।विमा , जागेश्वरी आ।विको १ देखि ३ लाई पचंकन्या आ।विमा , लालिगुँरास आ।विमा रहेको १ देखि ३ लाई महाकालि मा।विमा र श्रि सिद्धिगणेश आ।विमा रहेको १ देखि ३ लाई जालपादेवि मा।विमा समायोजन गरिएको शर्माले जानकारी दिनुभयो । स्थानिय तहले विद्यालय मर्ज गरिरहेको तर एकिन तथ्याकं नभएको जिल्ला शिक्षा समन्वय इकाईले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्