नेपालमा मनसुन भित्रिन अझैं केही दिन लाग्ने

काठमाडौं – नेपालमा मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ । हिजो जुन १० का दिन नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन भित्रिनका लागि जुन खालको वातावरण हुनुपर्ने हो, त्यो बनि नसकेकाले अझै पाँच दिन लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् ।

नेपालमा मनसुन भित्रिनका लागि पानी पर्ने गतिविधि बढ्नुका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरी न्यून चापीय रेखा बन्नुपर्दछ । गत वर्ष पनि १० दिन ढिलो २० जुनमा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । मनसुन ढिलो भित्रिए पनि मुलुकभर मनसुनको समयमा औसत वर्षा हुने पूर्वानुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्