रौतहटमा कोरोना जित्नेको संख्या १०१ पुग्यो, संक्रमित ४८६

रौतहट – बुधबार मात्रै रौतहटमा एकैपटक ६५ जनाले कोरोना जितेका छन् । कोरोना भाइरस जित्नेको संख्यामा रौतहटले अग्रता लिएको छ ।

गरुडा नगरपालिका जिंगडियास्थित प्रहरी विद्यालयमा निर्मित आइसोलेसनबाट ६५ जनाले कोरोना जितेका हुन् । त्यहाँ रहेका ७५ जनामध्ये ६५ जनाको पीसीआर रिपोर्ट निगेटिभ आएपछि उनीहरुलाई फूलमाला लगाएर सम्मानसाथ घर पठाइएको प्रशासकीय अधिकृत मुस्ताख आलमले बताए । यसअघि गौरस्थित नर्सिङ क्याम्पस र नारायणी अस्पताल बाट कोरोना जितेर ३६ जना घर फर्केको जिल्ला अस्पताल गौरका प्रमुख महेस साहले बताएका छन् ।

रौतहटमा कोरोना भाइरस जितेर बुधबार बेलुकी सम्म घर फर्किनेको कुल संख्या १०१ पुगेको प्रमुख साहले जानकारी दिए ।

त्यसैगरी, जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बुधबारसम्म ४८६ पुगेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएका छन् ।

संक्रमितहरुको गौर गरुडा, देवाहिगोनाही, राजपुर, चन्द्रपुर लगायतका स्थानमा निर्माण भएको आइसोलेसनमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्