तत्कालिन सर्भेक्षक राजेन्द्र काफ्लेविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ५ करोड भन्दा बढी भ्रष्टाचार गरेको दावी

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका तत्कालिन सर्भेक्षक राजेन्द्र काफ्लेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०५४ पुस १ गतेदेखि २०७६ वैशाख ३० गतेसम्मको जागिर अवधिमा उहाँले ५ करोड ४३ लाख २७ हजार रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको दावी सहित अख्तियारले विशेष अदालत काठमान्डौमा मुद्दा दायर गरेको हो

काफ्लेले जागिरको अवधिमा भक्तपुर र काभ्रेपलान्चोक जिल्लामा आफू र श्रीमती सुशीला काफ्लेको नाममा ३३ कित्ता भन्दा बढी जग्गा खरिद गर्दा रजिस्ट्रेसन लिखतमा वास्तविक भुक्तानी मूल्य भन्दा न्युन रकम देखाई जग्गाधनीहरुबाट वास्तविक कारोबारको रकम भुक्तानी दिएको अनुसन्धानको क्रममा जग्गा बिक्रेताको बयान र बैंक स्टेटमेन्टबाट पुष्टि भएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्