रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले दिए राजीनामा

काठमाडौं – रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)का कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।

सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई मंगलबार राजीनामा पेश गरेको कार्कीले जानकारी दिए ।२०६९ मंसिर १९ गतेदेखि पहिलो कार्यकालको चार वर्ष पूरा गरेका कार्की पुनः २०७३ माघ ६ गतेदेखि अर्को कार्यकालका लागि पनि नियुक्त भएका थिए । तर कार्यकाल पूरा हुनुभन्दा सात महिना अगाडि नै कार्कीले राजीनामा दिएका छन् ।

उनले आफ्नो राजीनामा पत्रमा स्वेच्छाले पदबाट राजीनामा दिएको उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्