लकडाउनको अवधिमा ११ सय ५ जनाले गरे आत्महत्या

काठमाडौँ – कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनको अवधिमा ११ सय ५ जनाले आत्महत्या गरेका छन् ।

नेपाल प्रहरी प्रवक्ता डिआईजी निरजबहादुर शाहीका अनुसार, लकडाउन सुरु भएको ११ चैतदेखि १७ जेठसम्मको अवधिमा १ हजार १ सय ५ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

यो अवधिमा कोरोनाबाट जम्मा ६ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार सोमबारसम्म कोभिड– १९ बाट देशभरि १४ जनाको ज्यान गएको छ । लकडाउनको अवधिमा देशभर दैनिक १६ जनाभन्दा बढीले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ । ११ चैतदेखि १० जेठसम्म कुल नौ सय ६३ जनाले आत्महत्या गरेकोमा त्यसपछिको एक हप्तामा एक सय ४२ जना अर्थात् दैनिक २० जनाले आत्महत्या गरेको देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्