उपत्यकाका उद्योगधन्दा बाहिर स्थानान्तरण गरिने

काठमाडौँ – उपत्यकामा रहेको उद्योगधन्दा बाहिर स्थानान्तरण गर्ने सरकारको नीति रहेको उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् ।

प्रतिनिधिसभामा मन्त्रालयको विनियोजन विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टले काठमाडौँ उपत्यकामा रहेको उद्योगधन्दा स्थानान्तरणका लागि सरकारले अध्ययन गरिरहेको उल्लेख गरे ।

संसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै मन्त्री भट्टले स्थानान्तरणको अध्ययनबारे बताएका हुन् । भट्टले चाँडै बालाजु र भक्तपुर औद्योगिक क्षेत्रका उद्योग कारखानाहरु स्थानान्तरण हुने बताएका छन् । उपत्यकाको अवस्थालाई हेरेर यहाँ संचालित उद्योगधन्दालाई बाहिर स्थानान्तरण गर्ने सरकारको नीति रहेको उनको भनाइ छ ।

यसैगरी सरकारी र निजी दुवै क्षेत्रबाट संचालित भएर रुग्ण बनेका उद्योगहरूबारे अध्ययन गरी त्यस्ता उद्योग फेरि संचालनमा लाउन गुरुयोजना बन्ने क्रममा रहेको पनि उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्