सुदूरपश्चिममा ३७ जना संक्रमित थपिए, दार्चुलामा मात्रै १० जना, कुल संख्या १४७

डोटी – सुदूरपश्चिम प्रदेशमा सोमबार थप ३७ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्दशनालयका मेडिकल अधिकृत डा. भुषण मिश्रका अनुसार संक्रमण पुष्टि हुनेहरुमा कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिकाका एक, भीमदत्त नगरपालिकाका पाँच र पुनर्वास नगरपालिकाका १३ गरी १९ जना रहेका छन ।

त्यसैगरी दार्चुलामा शैल्यशिखर नगरपालिकाका आठ, लेकम गाउँपालिकाका एक र महाकाली नगरपालिकामा एक गरी १० जना रहेका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिकाका दुई, परशुराम नगरपालिकाका तीन र नवदुर्गा गाउँपालिकाका एक गरी सातजना रहेका छन् । यस्तै कैलालीको जानकी गाउँपालिकाका एकजनामा पनि सोमबार कोरोना संक्रमण पुष्टि भएको डा मिश्रले बताए । सोमबार थपिएका संक्रमितसंगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको १४७ पुगेको छ । कैलालीमा ४८, कञ्चनपुरमा ३२, अछामका १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई जना संक्रमितको मृत्यु भएको छ भने १८ जना निको भएर घर फर्किएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्