शैल्य शिखरका संक्रमित आइसोलेशनको अभावमा क्वारेन्टाइनमै, २ जना घर जादै गर्दा बाटोबाटै फर्काइए

गणेश सिंह धामी
दार्चुला – दार्चुलाको शैल्य शिखर नगरपालिकामा ८ जना कोरोना संक्रमित भेटिएका छन् ।
सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा दार्चुलाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ जना शैल्य शिखर नगरपालिकाका मात्रै छन् भने एक जना लेकम गाउँपालिका र एक जना महाकाली नगरपालिकाका छन् । लेकममा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् भने महाकाली यस अघि नै एक जना संक्रमित भेटिएका थिए ।

शैल्य शिखर नगरपालिकाको वडा नं. ८ का २०, २१, २७, २४, ३० वर्षीया पुरुषहरु, वडा नं. ७ का ३४ वर्षिया पुरुष, वडा नं. ३ का २१ वर्षीया पुरुष, वडा नं. ९ का १७ वर्षिया पुरुषमा कोरोना पोजेटि आएको नगरपालिकाका स्वास्थ्य उपसंयोजक सियाराम साहले उपहार खबरलाई जानकारी दिए । उनका अनुसार संक्रमितहरुलाई आईशालेसनको अभावमा क्वारेन्टाइनमा नै अलग अलग राखिएको छ । गोुकलेश्वर अस्पतालमा २ वटा बेड मात्र भएकाले व्यवस्थापन गर्न गाह्रो भएको उनको भनाई छ । शैल्य शिखरमा १२ जनाको आरडीटी पोजेटिभ आएका मध्ये ६ जनाको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको हो भने २ जनाको आरडीटी नेगेटिभ भएकाहरुको पीसीआर पोजेटिभ आएको उप संयोजक साहले बताए ।

तर संक्रमितहरुको रिपोर्ट नआउदै वडा नं. ८ का २ जना घर गएको स्थानीयहरुले बताएका छन् यता स्वास्थ्य उप संयोजक साहले भने घर गए पनि उनीहरु घर नपुगेको र बाटोबाटै फर्काएर क्वरेन्टाइनमा राखिएको दाबी गरेका छन् । उता सहायक प्रमुख जिल्ला अधिकारी टेक सिँह कुँवरले भने जिल्लामा १० वटा आइशोलेसन मात्र भएकाले संक्रमितहरुको व्यवस्थापन गर्न गाह्रो भएको बताए । उनका अनुसार ५ वटा आइशोलेसन जिल्ला अस्पताल दार्चुला र ५ वटा आइशोलेसन गोकुलेश्वर अस्पतालमा छन् । संक्रमति बढेसँगै त्यसको विकल्प खोजिने उनको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्