भारतले नेपालका ५६ विद्यालयहरुको पुनर्निर्माण गर्ने

काठमाडौं – नेपालस्थित भारतीय दूतावासले नेपालका ५६ विद्यालयहरुको पुननिर्माण गर्ने भएको छ ।

भारतीय दुतावासले गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा रहेका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माणमा सहयोग गर्ने भएको हो । पुनःनिर्माण सहयोगका लागि दूतावास र नेपाल सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

दूतावासले नेपाल सरकारका शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइसँग विभिन्न सातवटा सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । ती पुर्ननिर्माणका काम नेपालमा भूकम्प पश्चातको पुर्ननिर्माण कार्यक्रम अन्तर्गत भारत सरकारको २.९५ अर्ब रुपियाँ आर्थिक सहयोगमा हुने दुतावासद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनःनिर्माणहुने दूतावासले दावी गरेको छ ।

भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणकोलागि प्राविधिक सहयोग प्रदान गर्ने दूतावासले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्