बाँकेका ६९ जना सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरे

बाँके – बाँकेका ६९ जना सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरी घर फर्किएका छन् । आज मात्रै बाँके नरैनापुरका थप २० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । बाँकेको जानकी गाउँपालिकास्थित कृषि तालिम केन्द्रको आइसोलेशन केन्द्रबाट नरैनापुर गाउँपालिकाका २० जना निको भएसँगै कोरोना पराजित गर्नेको सङ्ख्या ६९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नरैनापुर गाउँपालिका वडा नं १ का १, वडा नं ४ का ३ र वडा नं ३ का १६ गरी २० ले कोरोनालाई जितेर घर फर्किएका हुन् । खजुरास्थित आइसोलेशन अस्पतालबाट ३१, जानकीस्थित डेन्टल अस्पताल आइसोलेशन केन्द्रबाट २०, नेपालगञ्जस्थित डेन्टल अस्पताल आइसोलेशन केन्द्रबाट १२ र कोरोना आइसोलेशन अस्पताल बेलझुण्डी दाङबाट ६ जना निको भई घर फर्किएका हुन् ।

बाँकेमा सोमबार दिउँसोसम्म एक जनाको ज्यान जाने गरी कोरोना सङ्क्रमितको सङ्ख्या २७१ पुगेको छ । सोमबार भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गरिएका नमूनामध्ये बाँकेको जानकी गाउँपालिका– ४ को एक जनामा सङ्क्रमण देखिएको हो । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्