सन्धिखर्क नगरपालिकाका उपप्रमुख सहित २९ जनामा कारोना संक्रमण

अर्घाखाँची – सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विक सहित सोमवार थप २९ जना कोराना सक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य प्रमुख पुष्पा थापा अनुसार सन्धिखर्क नगरपालिका–१ का १ जना, वडा नं. ६ का १२ जना, वडा नं. ७ का १६ जना, सितगंगा नगरपालिका १ जना र पाणिनि गाउपालिकाका १ जना गरि २९ जनामा सक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै अर्घाखाँचीमा ३५ जनामा सक्रमण भएको छ । १ जना भारतबाट जिल्ला आउदै गर्दा मृत्युु भएको थियो । ४ जना संक्रमित नगरपालिकामा रहेको क्वारेन्टाइन रहेको र आज सक्रमण भएकालाई पनि सन्धिखर्कको क्वारेन्टाइनमा राखिने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्