यथास्थितिमा एमसीसी पारित हुँदैनः झलनाथ खनाल

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले यथास्थितिमा अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित नहुने बताएका छन् ।

परिमार्जन नभए एमसिसी पारित हुनै नसक्ने खनालको दाबी छ ।
’अब बस्ने सचिवालय बैठकको एजेन्डा एमसिसी नै हुन्छ होला । त्यो बैठकले एमसिसीबारे सम्भवतः अन्तिम निर्णय लिन्छ,’ उनले भने, ’जसले जे भने पनि एमसिसी अहिलेकै अवस्थामा पारित हुन हामी दिँदैनौं।’

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सोमबार दिँउसो ४ बजे सचिवालय बैठक बस्दैछ । वरिष्ठ नेता खनालको संयोजकत्वमा एमसिसीबारे अध्ययन गर्न नेकपाले कार्यदल गठन गरेको थियो । कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री एवम् अर्का स्थायी समिति सदस्य प्रदीप ज्ञवाली सदस्य थिए । खनाल नेतृत्वको कार्यदलले एमसिसीलाई परिमार्जन नगरी पारित गर्न नहुने सुझाव प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बझाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्