सप्तरीको एउटै गाउँपालिकामा १६ जना संक्रमित थपिए, कुल संख्या ९३ पुग्यो

सप्तरी – सप्तरीको बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएका छन् । एउटै गाउँपालिकामा सो संख्या थप भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित देखिएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु हुन् । १६ जना संक्रमित देखिएसँगै सप्तरीमा मात्रै संक्रमितको संख्या ९३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्