स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. जागेश्वर गौतम

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन् ।

स्वास्थ्य मन्त्रालयमा हालै सरुवा भई आएका गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले जानकारी दिए । यसअघि उनी परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका प्रमुख थिए ।

स्वास्थ्य मन्त्रालयले यसअघिका प्रवक्ता डा. विकास देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिएको छ । उनी कोरोना महामारी सुरु हुनुअघिदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्