सांसद गंगा चौधरीमाथि हिन्दी बोल्दै खनिइन् चन्दा चौधरी, सभामुखले भनेको समेत टेरिनन् (भिडियो सहित)

काठमाडौँ – राजपाकी सांसद चन्दा चौधरीले नेकवा सांसद गंगा चौधरीको भनाइको खण्डन गर्दै उनको भनाई रेकर्डबाट हटाउन माग गरेकी छिन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटको खर्च कटौतीमाथिको प्रस्तावमा बोल्ने क्रममा विषयमा वस्तुमा प्रवेश नगरेर उनको गंगा चौधरीको आलोचना गरेकी हुन् ।

सभामुख अग्नि सापकोटाले आफूले सो विषयमा रुलिङ गरिसकेको र विषयबस्तुमा प्रस्वेश गरेर बोल्न आग्रह गरे । तर सांसद चन्दा चौधरीले गत जेठ १९ गते संसदमा ‘विदेशी चेलीको दादागिरी’ भन्ने शब्द रेकर्डबाट हटाउन माग गरिन् । सभामुख सापकोटाले भने, ‘त्यो विषयमा मैले रुलिङ गरिसकेको छु, त्यसबारेमा सवै विवरण लिएर कार्यव्यवस्था समितिमा छलफल गरेर आवश्यक निर्णय लिन्छु । त्यो विषयमा नजानुहोला ।’

सांसद चौधरीले आफू अर्को विषयमा बोल्छु भन्दै पुनः सोही कुरा राख्दै २०४८ सालदेखि संसदमा हिन्दी बोल्दै आएको बताउँदै हिन्दी बोल्दैमा कोही भारतीय नागरिक नहुने दावी गरिन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्