प्रिमियर लिग जुन १७बाट : खेल तालिका सार्वजनिक

काठमाडौं – बेलायतको निकै प्रतिष्ठित खेल प्रतियोगिता प्रिमियर लिगको नयाँ खेल तालिका सार्वजनिक भएको छ ।

कोरोनाभाइरस कोभिड–१९ को महामारीका कारण १०० दिन स्थगित भएर शुरु हुन लागेको लिग अन्तरगत बाँकी खेलको तालिका सार्वजनिक गरिएको हो । १७ जुनबाट शुरु हुदै गरेको प्रमियर लिगमा पहिलो चरणमा ३२ वटा खेलहरु हुने आयोजकले बताएका छन् ।

दुई चरणका गरी खेलाउन लागिएको लिग अन्तरगतका सबै ९२ वटै खेलहरु स्काइ स्पोर्ट्स, बि टी स्पोर्ट्स, बिबिसी स्पोर्ट्स र एमेजन प्राइमबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ । १७ जुनमा हुने पहिलो दिनको खेलमा म्यानचेष्टर सिटी र आर्सनल क्लव तथा अस्टन भिल्ला र सिफिल्ड युनाइटेडले प्रतिस्पर्धा गर्ने तय भएको छ ।

यसैगरी FA cup को क्वाटरफाइनल चरण अन्तरगतका स्थगित खेलहरु पनि यसै जुन महिनाको अन्तिम साताबाट खेलाइदै छ । NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्