हामीले भारतीय कालिगढलाई रोक्न नसके सुनचाँदी व्यवसाय धराशयी हुन्छ : लकान्द्री

काठमाडौं – सुनचाँदीका गरगहना निर्माण गर्ने भारतीय कालिगढलाई रोक्न नसके सुनचाँदी व्यवसाय धराशयी हुने नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले बताएका छन् ।

शुक्रबार कोरोना भाईरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण व्यवसायमा परेको असर बारे पत्रकारहरुसंग कुराकानी गर्दै अध्यक्ष लकान्द्रीले सुनचाँदी व्यवसायमा सबैभन्दा धेरै कालिगढ भारतका रहेको र अहिले कोभिड–१९ को संक्रमणकै कारण धमाधम भारतीय कालिगढहरु आफ्नो देश फर्किएका कारण यसको असर सुनचाँदी व्यवसायलाई पर्ने बताए ।

अध्यक्ष लकान्द्रीले भने ‘अब लकडाउन सहज हुदै जाने छ, व्यापार व्यवसायले गति लिने छ, विवाहको सिजन पनि नजिकिदै छ, तर यही समयमा सुनचाँदी व्यवसायीहरुले कालिगढको अभाव व्यहोर्नु पर्ने स्थिति देखिएको छ ।’ अहिले परिस्थिति सहज छैन, त्यसैले व्यवसायीहरु आफैले पहल गरेर भारतीय कालिगढ रोक्नुको विकल्प नरहेको पनि अध्यक्ष लकान्द्रीले बताए । अहिले सोच्ने फुर्सद त कसैलाई छैन, तर यो समयमा सोच्न नसक्ने हो भने भोली यसले व्यवसायलाई निक्कै सकसपूर्ण स्थिति ल्याउने अध्यक्ष लकान्द्रीको भनाई छ । अहिले कोरोना भाईरसका कारण धमाधम भारतीय कालिगढहरु आफ्नो देश गईरहेका छन् भने सुनचाँदीको काम हुने डाई पसल, गहना निर्माण गर्ने कारखानाहरु बन्द भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्