बाराको कलैया अस्पतालबाट २२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

वीरगञ्ज – बाराको कलैया अस्पताल अन्तर्गत रहेको शिक्षा तालिम केन्द्र आइसोलेसनबाट २२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

जना महिला, १ जना प्रहरीसहित २२ जना शुक्रबार बेलुका डिस्चार्ज भएका हुन् । लगातार दुईवटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कलैया अस्पतालले जनाएको छ । उनीहरु सिम्रौनगढ, महागढीमाई, पचारौता नगरपालिका र बारागढी गाउँपालिकाका संक्रमित हुन् । जेठ ९ गते, १० गते, १२ गते, १४ गते उनीहरुमा संक्रमण पुष्टी भएको थियो । संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्