ह्याम्स अस्पतालमा उपचाररत २ जना विरामीमा कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं – काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित अपडेटका क्रममा काठमाडौंको एक निजी अस्पतालमा उपचाररत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए । मन्त्रालय स्रोतका अनुसार उक्त निजी अस्पताल ह्याम्स अस्पताल हो । ‘गुल्मीका र पोखराका दुई बिरामी ह्याम्समा उपचाररत हुनुहुन्छ । उहाँहरूमा संक्रमण देखिएको हो’ मन्त्रालय स्रोतले भन्यो ।

ती बिरामीहरू ६० र ७६ वर्षका हुन् । पछिल्लो २४ घण्टामा देशभर दुई सय ७८ जनामा कोरोना संक्रमण देखिएको छ भने कुल संक्रमितको संख्या २९ सय १२ पुगेको छ । अनलाइनखबरबाट 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्