धरौटीमा छुटे भीआईपी जुवाडे

काठमाडौं – लकडाउनमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ भीआइपी जुवाडे धरौटीमा छुटेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले १ जनालाई ४० हजार र अन्यलाई जनही ३० हजार धरौटीमा छाड्ने आदेश दिएकोमा उनीहरु सो धरौटी बुझाएर शुक्रबार रिहा भएको महानगरीय प्रहरी बृत्त दरबारमार्गका इन्सपेक्टर प्रदीप सुवेदीले जानकारी दिए । ४० हजार धरौटी बुझाउनेमा व्यापसायी अशोककुमार अग्रवाल रहेको बताइएको छ ।

रिहा हुनेमा अग्रवालसहित नन्द किशोर शर्मा, गोविन्दराम सरिया, बिमलकुमार खेतान, राम चन्द्र साङ्घाइ, पुरूषोत्तम अग्रवाल, विमल अहुजा, सुरेश अग्रवाल र होटलका सञ्चालक भारतका मिक्की जोगाइ रहेका छन् ।

गत सोमबार राति पक्रउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका थियो ।

अनुसन्धान सकेर आज फेरि सिडीओ कार्यालयमा उपस्थित गराइएकोमा उनीहरुलाई धरौटीमा छाड्ने आदेश भएको हो । सोमबार राति काठमाडौंस्थित कमलादीको एक होटलबाट जुवा खेलिरहेको अवस्थामा ती ९ जना व्यापारीलाई महानगरीय प्रहरी वृत दरबारमार्गले पक्राउ गरेको थियो ।  कमलादीस्थित गङगोर रिजेन्सी बुटिक होटलबाट उनीहरू दुई लाख ७७ हजार सात सय २० रूपैयाँ सहित पक्राउ परेका थिए । रातोपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्