सुदूरपश्चिममा ६० हजार २ सय २६ जना क्वारेन्टाइनमा, देशभर १ लाख ६६ हजार भन्दा बढी

काठमाडौँ – देशभर क्वारेन्टाइनमा बस्नेको संख्या १ लाख ६६ हजार ७ सय ६५ जना रहेको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । उनका अनुसार प्रदेश नं. १ मा ४ हजार ५९ जना, प्रदेश नं. २ मा २१ हजार ३ सय ६३ जना रहेका छन् । यस्तै बाग्मती प्रदेशमा ३ हजार ५ सय ७७ जना, गण्डकी प्रदेशमा ५हजार ४सय ४२ जना र प्रदेश नं. ५ मा ४० हजार १ सय ४६ जना रहेका छन्, भने कर्णाली प्रदेशमा ३१ जहार ९ सय ५२ जना र सुदूरपश्चिम प्रदेशमा ६० हजार २ स २६ जना रहेका छन् । सबै गरि देश भर १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा बसेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्