मन्त्रिपरिषद बैठक सकियोः लकडाउनको मोडालिटीबारे छलफल

काठमाडौं – सरकारले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुल्ने मोडालिटीसहितको कार्ययोजना पेश गर्न उच्च स्तरीय समितिलँई जिम्मा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । केही दिनयता व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि यस विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको हो ।

सरकारले चैत ११ गते एक साताका लागि सुरु गरेको लकडाउन थप गर्दै ७० दिन भन्दा बढी पु¥याइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्